हामी को हौं

सुनिल बाबु पन्त

संस्थापक

सुनिल बाबु पन्त नील हिरा समाजका संस्थापक हुन् । उनले सन् २००१ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आन्दोलनको सुरुवात गरे र सन् २००८ देखि २०१२ सम्म कम्युनिस्ट पार्टी (युनाइटेड)  अन्तर्गत रही नेपालको पहिलो खुलेर आएका समयौनिक सांसदीय सदस्य बने । उनले दुई वर्षसम्म लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकार सम्बन्धी "पहिचान" नामक टेलिभिजन कार्यक्रम  संचालन गरे । सन् २००६ मा योग्यकर्ता सिद्दान्तका २९ हस्ताक्षरकारी मध्ये उनी एक थिए – योग्यकर्ता सिद्दान्त एउटा मानव अधिकारको दस्तावेज हो जसले लैङ्गिक प्रस्तुतीकरण र यौन विशेषताका विषयहरूमा नयाँ आधार दिए । सन् २००७ मा तेस्रोलिंगी व्यक्तिहरूको पहिचानलाई
मान्यता, समयौनिकताको निरापाराधिकरण र एउटै लिंगका व्यक्ति बीच हुने विवाह सम्बन्धी कानुन  बनाउनका निम्ति पन्त र उनका मानव अधिकार सहकर्मीहरूले उदाहरणीय सुनिल बाबु पन्त लगायतअन्य विरुद्ध नेपाल सरकार लगायत अन्य मुद्दा हाले । यस अभियानका कारण अन्ततः उनी सन् २०१४ मा नोबल शान्ती पुरस्कारका निम्ति मनोनयन भए । सन् २०१३ मा पन्तले नील हिरा समाजबाट राजिनामा दिए तर संसारमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको समान अधिकारका निम्ति सशक्त वकालत गरीरहेका छन् ।

मनिषा ढकाल

कार्यकारी निर्देशक

मनिषा ढकाल नील हिरा समाजका संस्थापक सदस्य र कार्यकारी निर्देशक हुन् । पारलिङ्गी महिला हुनाले हिंसा, विभेद एवं लाञ्छनाका अनुभव खुल्ला रूपमा बोलेका उनी सन् २००७ को सर्वोच्च  अदालतको सुनुवाईमा मनिषा एक सक्रिय सहभागी थिए । दक्षिण एसियाको प्रतिनिधित्व गर्दै उनी एसिया-प्रशान्त पारलिङ्गी संजालका संस्थापक सदस्य पनि हुन् । उनी इल्गा एसिया बोर्डका सह-अध्यक्ष, पारलिङ्गी महिला तथा एचा.आइ.भि.को विश्वव्यापी संजालका बोर्ड सदस्य पनि हुन् । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आन्दोलनमा उनको योगदानका कारण सन् २०१० मा उनले नई  राम लक्ष्मी राष्ट्रिय पुरस्कार पनि पाए र मानव अधिकार क्याम्पेनको विश्व नवप्रवर्तक पनि हुन् । उनले शङ्कर देव क्याम्पस, काठमाडौँबाट बित्तीय व्यवस्थामा स्नातकोत्तर गरेका छन् । डेली बिस्ट  नामक अनलाइन पत्रिकामा उनले लेखेको निबन्द पढी उनको बारेमा थप जानकारी प्राप्त गर्नुहोस् ।

पिङ्की गुरुङ

अध्यक्ष

पिङ्की गुरुङ नील हिरा समाजका अध्यक्ष र संस्थापक सदस्य हुन् । सन् २००१ देखि उनी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आन्दोलनका सक्रिय समर्थक हुन् । गुरुङले सन् २००९ देखि नील हिरा समाजका अध्यक्षका रूपमा कार्यरत रहेका छन् भने सन् २०१७ मा नयाँ शक्ति पार्टी मार्फत संघीय संसदीय चुनाव पनि लडेका थिए । समाजवादी पार्टीको केन्द्रिय सदस्यका रूपमा उनी सक्रिय ढङ्गले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायहरूको हक हितका निम्ति लड्छन् । पिङ्की गुरुङ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासंघ नेपाल, मितिनी नेपाल र पिङ्क ट्राएङ्गल नेपाकका संस्थापक सदस्य पनि हुन् । राष्ट्रिय समन्वय समितिका भूतपूर्व सदस्यका रूपमा उनले आफ्नो ज्ञान तथा अनुभव द्वारा सामाजिक कार्य, शिक्षा, सामाजिक विकास, कानुनी पैरवी र नीतिगत परिवर्तनका लागि नेपालमा सक्रिया भूमीका निर्वाह गरेका छन् ।

व्यक्तिगत प्रंशसाहरू

हाम्रो समर्थकहरूबाट

“अगाडी देखि नै मेरो निम्ति के ठीक छ त्यही भन्ने र गर्ने गर्थेँ । हाम्रो समुदायका धेरै व्यक्तिहरू दोहोरो जीवन बाँच्दछन् । तर मैले कहिल्यै पनि मेरो पहिचान लुकाउन चाहिनँ । यो म हुँ “

अञ्जली लामा

मोडल

(इण्डियन एक्सप्रेससँगको एक अन्तर्वार्तामा)

“मैले नील हिरा समाज मार्फत आफ्नो बारेमा थहा पाउने मौका पाएँ । उनीहरूले मलाई आवश्यक रहेको हौसला प्रदान रे । मैले उनीहरूको कैयौँ कार्यक्रमहरूमा भाग लिएँ । त्यस मध्ये एक थियो, शीप विकास तालिम जसमा मैले सौन्दर्य, कपाल तथा सृङ्गारको बारेमा सिकेँ । त्यसले मलाई मेरो सपना र उत्साहलाई पछ्याउन महसुस गरायो । “

सोफी सुनुवार

(वाउ म्याग नेपालसँगको एक अन्तर्वार्तामा)

“समाजले के भन्छ भनेर म कहिल्यै यो समाजबाट अलगिन प्रयास गरिनँ । म के हुँ र के हो ? यो व्यक्ति स्वयमलाई मात्र थहा हुन्छ । कसले के भन्छ भनेर समलिङ्गी तेस्रोलिङ्गी सँग बोल्दै नबोल्ने, सँगै नहिँड्ने, सँगै काम नगर्ने भन्ने हुँदैन । “

मालविका सुब्बा

(उज्यालो ९० नेटर्वक रेडियोसँगको कुराकानीमा)

“सबैलाई सामान्य रूपमा व्यवहार गर्ने समाज तथा स्थान भएको अझै उदार समाजको म परिकल्पना
गर्दछु”

मेघ्ना लामा

पिङ्क टिफानी रेस्टुराँ

(काठमान्डु पोष्टसँगको एक अन्तर्वातामा)

सम्पर्क

सम्पर्कमा रहनुहोस्

+९७७ ०१ ४४४३५०

}

बिहान - बेलुका ९ - ५