अन्तरलिङ्गी, पारलैङ्गिक, गैर-द्वयसांखिक तथा तेस्रोलैङ्गिक व्यक्तिहरूको हक अधिकारका क्षेत्रमा कार्यरत २९ संस्था, २ महासंघ संजाल, ५ फुक्का संजाल (Loose Network) का साथै विभिन्न संस्था, व्यक्ति एवं अधिवक्ताहरू समेतको संयुक्त प्रयासमा हामीले लैङ्गिक पहिचान सम्बन्धी मस्यौदा विधेयक, २०७८  तयार गरेका छोँ ।  लैङ्गिक पहिचान सम्बन्धी अन्तर्राष्ट्रिय कानून तथा अभ्यासहरू, संयुक्त राष्ट्र संघको प्रतिवेदन, नेपालको संविधान तथा सर्वोच्च अदालतद्वारा स्थापित नजीर सिद्धान्त एवं नेपालमा सम्बन्धित समुदायको माग आवश्यकता समतेको गहन अध्ययन गरी यस मस्यौदा विधेयक तयार पारिएको छ ।

राज्यका निकायहरू एवं कानून निर्माताहरूलाई सहयोगी हुने गरी हामीले व्यापक छलफल तथा गहन अध्ययनका साथ मस्यौदा विधेयक र अध्ययन प्रतिवेदन तयार पारेका छौँ ।  सर्वोच्च अदालतको फैसला, नेपालको संविधान प्रद्दत्त मौलिक हक तथा अन्तर्राष्ट्रिय कानून समेतको कार्यान्वयनार्थः सम्बन्धित समुदायको माग अनुसार यसै मस्यौदा विधेयकलाई कानूनको मूर्त रूप दिन हामी सम्बन्धित निकाय प्रति निवेदनार्थः छौँ ।
 

उक्त पुस्तक देहायको लिङ्कबाट प्राप्त गर्न सक्नुहुनेछ : https://weareaptn.org/resource/civil-societys-proposal-for-gender-identity-bill-in-nepal/

#लैपविधेयक #GIbillNepal